भिमादका विपन्न दलित समुदायलाई बाख्रा वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, असार ११

भिमाद नगरपालिकाले वडा नम्बर १ का विपन्न दलित समुदायका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ । बुधबार काउले स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर १ का दलित समुदायका १४ घरधुरीलाई बाख्रा वितरण गरिएको हो । सो अवसरमा संविधानसभा सदस्य टुकराज सिग्देल र वडा अध्यक्ष दीपक आलेले संयुक्त रूपमा दलित समुदायलाई बाख्रा वितरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै संविधानसभा सदस्य टुकराज सिग्देलले दलित समुदायको समृद्धिका लागि यस्तो प्रकारको सहयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । सहभागी लाभग्राहीहरूले यो सहयोगले आफूहरूलाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने बताएका छन् ।

वडा अध्यक्ष दिपक आलेले गत वर्ष २४ वटा माउ बाख्रा वितरण गरिएकोमा यस वर्ष १४ वटा बाख्रा वितरण गरिएको जानकारी दिए । उनका अनुसार वर्गीय उत्थान र आर्थिक सशक्तिकरणका लागि यो अभियान निरन्तर रूपमा अघि बढाइएको हो । दलित समुदायलाई आत्मनिर्भर बनाउन नेतृत्व विकास, सीपमूलक तालिम र आयआर्जनमा जोड दिँदै उन्नत जातका माउ बाख्रा वितरण गरिएको अध्यक्ष आलेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले