भिमाद–१ मा निःशुल्क आयुर्वेद तथा योग शिविर, २४५ जनाले लिए सेवा

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, असार १२

भिमाद नगरपालिका वडा नम्बर १ काउलेमा एक दिने निःशुल्क आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ । वडा कार्यालय परिसरमा बुधबार सम्पन्न उक्त शिविरबाट २४५ जना सेवाग्राहीले सेवा लिएका छन् ।

नगरपालिकाको आयुर्वेद शाखाको आयोजना शिविर सञ्चालन भएको थियो । वडा अध्यक्ष दीपक आलेको अध्यक्षतामा आयोजित कार्यक्रमको संविधानसभा सदस्य टुकराज सिग्देलले शिविरको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिग्देलले अहिलेको जीवनशैली, मानसिक तनाव, असन्तुलित खानपान र शारीरिक निष्क्रियताका कारण विभिन्न रोगहरूको जोखिम बढिरहेको बताए । यस्तो अवस्थामा आयुर्वेद र योग जस्ता परम्परागत जीवनशैलीको आवश्यक रहेको धारणा व्यक्त गरे । ‘स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो’, सिग्देलले भने ‘योगले शरीर मात्र होइन, मन र आत्मालाई समेत सन्तुलनमा राख्न सहयोग गर्छ ।’

शिविरमा योग प्रशिक्षकले रोग अनुसारको योग अभ्यास गराएका थिए भने स्वस्थ जीवनशैली प्रवद्र्धन सम्बन्धी परामर्श पनि दिइएको थियो। रोग अनुसारको निःशुल्क आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।

सो शिविरमा प्रदेश आयुर्वेद चिकित्सालयका चिकित्सकहरुले मधुमेह, उच्चरक्तचाप, ग्यास्ट्रिक, बाथ, मुटु, छाला सम्बन्धी, मानसिक समस्या, पत्थरी, पिनास, दम लगायत दीर्घरोगका बिरामीको परीक्षण तथा उपचार गरिएको थियो । साथै महिलाहरूको महिनावारी सम्बन्धी समस्या र विशेष स्वास्थ्य जाँच तथा उपचार पनि गरिएको वडा अध्यक्ष दीपक आलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको