ऋषिङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठद्वारा विभिन्न योजनाको स्थलगत अनुगमन

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, असार १४

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा सन्चालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरेका छन् । अध्यक्ष श्रेष्ठको नेतृत्वमा शनिबार गाउँपालिकामा सन्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको हो ।

उक्त क्रममा अध्यक्ष श्रेष्ठले भिरकोटमा निर्माणाधिन १५ शैयाको आधारभुत अस्पताल, कालोपत्रे गर्न लागिएको काहुँशिवपुर सडक खण्ड, ढुङगाडे पार्क, भिरकोट बस्ती जाने सडक तथा मन्दिरहरूकोे अनुगमन गरेका थिए ।

वडा नम्बर ४ को भिरकोटमा संघीय सरकारको आर्थिक सहयोगमा ऋषिङ्ग गाउँपालिकाको १५ शैयाको आधारभुत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पतालको अनुगमन गर्दै अध्यक्ष श्रेष्ठले निर्माणको क्रममा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए । अस्पतालको निर्माणपछि ऋषिङका जनताले आधारभुत स्वास्थ्य सेवाको लागि अन्यत्र धाउनु नपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

अस्पताल भवन निर्माण सम्पन्न भएपश्चात दक्ष जनशक्तिको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष श्रेष्ठले बताए । कुल ७ करोड ७७ लाख ९७ हजार ९ सय ८८ रूपैँयाको लागतमा निर्माण भईरहेको उक्त अस्पताललाई ऋषिङ गाउँपालिकाको गौरवपुर्ण आयोजनाको रुपमा हेरिएको छ ।

यसैगरि गण्डकी प्रदेश सरकारको १५ करोडको लागतमा काहुँशिवपुर सडक खण्डको करिब ६ किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको छ । ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्रे गरिने गाउँपालिकाले जनाएको छ ।

यसैगरि ऋषिङ गाउँपालिका–६ ढुङ्गाडेमा निर्माण भई रहेको पार्क भित्रै भलीबल ग्राउन्ड र ब्याडमिन्टन ग्राउन्ड बनाउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता