चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहद्वारा खेलकुद सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट । असार १४

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वन समुहले वन समूह भित्र रहेका दुई युवा क्लवलाई खेल सामाग्री वितरण गरेको छ ।
सो कार्यक्रममा देवघाट खेलकुद समिति वडा नम्बर ५ को अध्यक्ष खेम बहादुर रानाले हरेक सस्थामा युवाहरु जोडिन पर्ने बताए । युवाहरुले सस्थामा दिएको योगदानलाई मध्यनजर गर्दै सस्थाले युवाहरुलाइ चाहिने आवस्यक पुर्वधारहरु पनि पूरा गरिने रानाले बताए । सो कार्यक्रममा चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरुङले अबको समयमा युवाहरुले सस्थाहरुमा सहयोग गर्न पर्ने बताए ।

संघसस्थाहरु र युवाहरु समन्वय गरेर अगाडि बढे मात्र सस्थाले फड्को मार्ने गुरुङले बताए । सो कार्यक्रममा चक्रवर्ती सामुदायिक वनका सचिव प्रेम थापा मगरले युवाहरु जहाँ रहे पनि संघ सस्थामा आबद्ध भइ काम गर्नुपर्ने बताए । चक्रवर्ती सामदायिक वनले ती युवाहरुको चाहाना बिस्तारै पूरा गर्ने छ जुन युवाहरुले सस्थामा जिम्मेवार भइ दायित्व पूरा गर्नेछ सोहि कारणले युवाहरुलाइ खेलकुद साम्रागी वितरण गरिएको थापाले बताए ।

उक्त अवसरमा चक्रवर्ती सामुदायिक वन समूह भित्र रहेका जलदेबी युवा क्लव र देवपुर युवा क्लवलाई तीन थान भलिवल, दुई थान जाली र दुई थान पम्प वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता