आमाको सम्झनामा सुनारद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, असार १४

कृष्ण माया स्मृति प्रतिष्ठान द्वारा सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । भिमाद नगरपालिका वडा नम्बर ७ निवासी राङ्गरुङ सुनचाँदी पसलका सञ्चालक शालिकराम सुनारले स्वर्गीय आमा कृष्ण माया विकको ३७ औं स्मृति दिवसको अवसरमा एक कार्यक्रमका बीच सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

शनिबार जय नेपाल आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष अणबहादुर शाही र वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठको उपस्थितिमा सुनारले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । यससँगै शिद्ध ज्योति आधारभुत विद्यालय र बालविधाश्रम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई समेत सहयोग गरेका छन् ।

त्यसैगरी, पत्रकारिता क्षेत्रमै सक्रिय रहँदै आएकी पत्रकार शर्मिला विकलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।विकलाई सन्चार क्षेत्रमा सक्रिय पत्रकारिता सँगै दलित समुदायको उत्थानका क्षेत्रमा वार्षिक योगदान पु¥याएकोमा नगद रु ५ हजार ५० नगद सहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो। राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाकी सचिव समेत रहेकी उनी छिम्केश्वरी एफएम र पावर न्युज एफएममा कार्यरत छिन् ।

कार्यक्रममा बोल्दै सुनारले आमाको स्मृतिमा सामाजिक कार्य गर्दा आमाको आत्मालाई शान्ति मिल्ने विश्वास व्यक्त गरे । यसै अवसरमा सुनारले भिमाद नगरपालिका वडा नम्बर ६ स्थित धर्म माध्यमिक विद्यालय निर्माणका लागि रु ५ हजार पाँच सय आर्थिक सहयोग समेत प्रदान गरेका छन् ।

कार्यक्रममा उपस्थित दुवै वडाध्यक्षहरूले समाजसेवामा योगदान पु¥याउने कार्य अत्यन्तै सराहनीय भएको बताउँदै सहयोगी दाता सुनार प्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल