एसइईको नतिजामा आबुँखैरेनीको उल्लेख्य सुधार, गत वर्ष २४ र यसवर्ष ७८ प्रतिशत उत्तिर्ण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १४

आँबुखैरेनी गाउँपालिकाले यस वर्ष एसइईको नतिजामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले लिएको शिक्षा सम्बन्धि नीतिको कारण यस वर्ष नतिजामा उल्लेख्य सुधार भएको हो । २०८० को एसइई परिक्षामा गाउँपालिकाका सामुदायिक विद्यालय तर्फ जम्मा २४.६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा २०८१ मा ७८.९९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

आबुखैरेनीमा संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालयको नतिजा राम्रो आएको छ । संस्थागत विद्यालयहरुबाट ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएकोमा सामुदायिक विद्यालयबाट ७८.९९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । समग्रमा गाउँपालिकाको नतिजा ७६.९५ प्रतिशत रहेको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुंवरले जानकारी दिइन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा सुधार रहेको उनको भनाइ छ ।

सामुदायिकतर्फ रामशाह माविमा ८९.५५, मित्रता माविमा ५८.२३, लक्ष्मी माविमा १००, कन्यादेवी माविमा ७३.३३, छिम्केश्वरी माविमा ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ दुई सय ५७ विद्यार्थी सहभागी रहेकामा दुई सय तीन विद्यार्थी उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयका २ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । वडा नम्बर स्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोख्रेल र छात्रा सन्जिना थापाले ४ जिपिए ल्याएका हुन् । त्यसैगरि गत वर्ष शुन्य प्रतिशत नतिजा आएको कन्यादेवी माविमा यस वर्ष ७३.३३ र गत वर्ष शुन्य प्रतिशत नतिजा आएको छिम्केश्वरी माविमा यस वर्ष ५७.१४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै गत वर्ष २१.२१ प्रतिशत नतिजा आएको लक्ष्मी माविको यस वर्ष शतप्रतिशत नतिजा आएको छ । यसैगरि गत वर्ष ३०.९४ प्रतिशत नतिजा आएको रामशाहको यस वर्ष ८९.५५ र गत वर्ष २५.२५ प्रतिशत नतिजा आएको मित्रता माविको नतिजा यस वर्ष ५८.२३ प्रतिशत नतिजा आएको छ ।

सस्थागत तर्फ भने बालशिक्षा सदनको ५२.१७, मस्र्याङदी बालज्योतीको ८६.०५, एक्टिभ ग्रिनल्याण्डको २१.४३, फ्युचर स्टारको ८९.५८ र सनसाइन बोर्डिङको ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति, सबै सामुदायिक विद्यादयलाई बसको व्यवस्था, निशुल्क छात्रावास, शिक्षामा उल्लेख्य बजेट तथा गाउँपालिकाका पदाधिकारीहरुद्वारा नियमित रुपमा विद्यालयको अनुगमनको कारण नै यस वर्ष आबुँखैरेनीले नतिजामा उल्लेख्य सुधार गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय