उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई शान्तीवर्ष माविको सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष आवासीय माध्यमिक विद्यालयले एसइई परिक्षामा ४ जिपिए ल्याउने छात्रा सहित उत्कृष्ट अंक ल्याउने सबै विद्यार्थीलाई सम्मान गरेको छ ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ४ जिपिए ल्याउने छात्रा स्नेहा गिरीलाई विद्यालयको तर्फबाट नगद १० हजार रुपैयाँ सहित सम्मान गरेका थिए । स्नेहाले परिक्षामा ४ जिपिए ल्याएकी थिइन् । ४ जिपिए प्राप्त गर्ने उनी व्यास नगरपालिका भित्रका विद्यालयका एक्ली विद्यार्थी हुन् ।

उक्त कार्यक्रममा ग्रेड ए प्लस ल्याउने ५ जना परिक्षार्थी सहित उत्तिर्ण हुने सबै परिक्षार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल उदित पौडेलका अनुसार उत्तिर्ण हुने विद्यार्थीहरु सबै बि ग्रेड भन्दा प्राप्त गर्ने छन् ।

विद्यालय सन्चालक समितिका अध्यक्ष दिपेन्द्रराज शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल, विद्यालयका संस्थापक प्रिन्सिपल तथा संरक्षक डम्बरदेव कैनी, निवर्तमान अध्यक्ष तथा सल्लाहाकार वृषराज श्रेष्ठ, सल्लाहाकार बाबुलाल श्रेष्ठ, सन्चालक सदस्य निर्मला मल्ल, प्रबन्ध निर्देशक ओमराज श्रेष्ठ, प्रिन्सिपल उदिप पौडेल लगायतले उत्तिर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

पौडेल प्रिन्सिपल भएर आएपछि शान्तिवर्ष आवासिय माविले यस पटक जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरेको हो । प्रिन्सिपल पौडेलको मेहनेत, विद्यालय प्रतिको समर्पण तथा उनको प्रेरणाले विद्यार्थीहरुले गरेको परिश्रमको कारण विद्यालयले उक्त नतिजा प्राप्त गरेको एक शिक्षकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता