गणेशमान सिंह राष्ट्रिय वन पुरस्कारका लागि देवघाटको मधुवन सिफारिस

Devghat Online

शेयर गरौ

देवघाट । असार १७

डिभिजन वन कार्यालय तनहुँले यस वर्षको गणेशमान सिंह सामुदायिक राष्ट्रिय वन पुरस्कारको लागि देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहलाई सिफारिस गरेको छ ।

डिभिजन वन कार्यालयले वन निर्देशनालय, गण्डकी प्रदेश पोखरा मार्फत वन तथा भू संरक्षण विभाग, बबरमहल, काठमाण्डौमा उक्त पुरस्कारकोलागि तनहुँबाट मधुवन लाई सिफारिस गरेको हो । विभागले गणेशमान सिंह सामुदायिक राष्ट्रिय वन पुरस्कारको लागि उत्कृष्ट काम गरेको एउटा वन समुहलाई सिफारिस गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिएको थियो ।

तनहुँ जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुहलाई गणेशमान सिंह सामुदायिक राष्ट्रिय वन पुरस्कार कार्यविधिमा रहेको आधार र सूचकहरुको आधारमा मूल्यांकन गरी प्राप्ताङ्क सहित सिफारिस गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

मधुवन सामुदायिक वन समुहले वातावरण संरक्षणको क्षेत्रमा निकै उत्कृष्ट काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय