देवघाटको मधुवन सामुदायिक वनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार

Devghat Online

शेयर गरौ

देवघाट । साउन २१

देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समुहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ ।

दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यान्वयन र उत्कृष्ठ कार्य सम्पन्न गरेवापत मधुवन सामुदायिक वन उपभोक्ता समुहले नेपाल भरीका २३ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरु मध्येबाट यस बर्षको उत्कृष्ट दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

सामुदायिक वन विकास कार्यमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन उपभोक्ता समुहलाई वन विभागले हरेक वर्ष राष्ट्रिय स्तरको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

तनहुँ जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुहलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार कार्यविधिमा रहेको आधार र सूचकहरुको आधारमा मूल्यांकन गरी पुरस्कार प्रदान गर्ने निर्णय भएको वन तथा भु–संरक्षण विभागले जनाएको छ ।

मधुवन सामुदायिक वन समुहले वातावरण संरक्षणको क्षेत्रमा निकै उत्कृष्ट काम गर्दै आएको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले मधुवन समुहले पुरस्कार प्राप्त गर्ने निर्णय समग्र तनहुँ जिल्लाकै गौरवको विषय भएको बताए । यो निर्णयले आफुहरुलाई दिगो वन व्यवस्थापन, सामुदायिक वन विकास कार्य तथा सफल कार्ययोजना कार्यान्वयनको लागि थप प्रेरणा मिलेको बताए । उक्त पुरस्कार साउन २७ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको