सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छ–मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिम सोमबारबाट सुरु भएको छ ।

उक्त तालिमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई केवल बढुवाका लागि अंक प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्नु भन्दा पनि, यसलाई कार्यक्षेत्रमा दक्ष, चुस्त–दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्ने प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री न्यौपानेले हालको अभ्यास अनुसार सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा सामान्यिकरण गरी तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा नल्याउने बताउँदै, सम्भव भएसम्म सेवा समूहअनुसारको आवश्यकता र जिम्मेवारी अनुसारको विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारीबोध र जनतासँगको सम्पर्क सुधारमा प्रत्यक्ष योगदान पु¥याउनुपर्छ’, मन्त्री न्यौपानेले भन्नुभयो, ‘यसबाट सेवा प्रवाह पारदर्शी, परिणाममुखी र समयमै उपलब्ध हुने खालको बन्छ ।’
मन्त्री न्यौपानेका अनुसार यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनःस्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यन्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पु¥याउनेछ ।

तालिम उद्घाटन कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षक, प्रदेश तथा स्थानीय तहका सहभागी कर्मचारीहरूको उपस्थितिमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुहरूबारे विस्तृत जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका