भूमि सम्बन्धी समस्या समाधान गर्छौः मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २६

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने भूमि समस्या समाधान हुने बताउनुभएको छ । भूमि समस्या तथा समाधान आयोग तनहुँको टोलीसँग आइतबार मन्त्रालयमा भेटघाट गर्दै मन्त्री न्यौपानेले सो कुरा बताउनुभएको हो ।

टोलीले जिल्लामा भूमि समम्बन्धि समस्या समाधानको लागि पहल गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने समक्ष माग राखेको थियो । मन्त्री न्यौपानेले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीको समस्या छिटो सम्पन्न गर्न जिल्लाका भएका प्रगतिको बारेमा चासो राख्नुभएको थियो । सरकारको तर्फको आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री न्यौपानेले बताइन् । साथै मन्त्री न्यौपानेले जिल्लामा धेरै सङ्ख्यामा समस्या रहेकोले अहिलेको कार्य समितिले नै समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

भूमी व्यवस्था सहकारी तथा गरिवी निवारणमा मन्त्री बलराम अधिकारीलाई भेट गरी समस्या अवगत गराउने कार्यक्रम रहेको विज्ञ सदस्य कार्कीले जानकारी दिनुभयो । कार्कीले नापी कार्यालयबाट जनताको दैनिक कार्य चुस्त दुरुस्त ढङ्ग जस्तै भूमि समस्या समाधान आयोगबाट पनि कार्य सम्पादन हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवाल, विज्ञ सदस्य श्रीराम कार्की, सदस्य रामचन्द्र उपाध्याय र सदस्य सचिव नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहको टोलीले सोमबार काठमाडौंमा भेटी माग राखेको थियो । छिटो छरितो जग्गा धनी लालपूर्जा वितरणको लागि कर्मचारीहरु थप गरी सहज गरिदिनको लागि माग राखेको अध्यक्ष सिलवालले बताउनुभयो । समितिसँग सम्बन्धि समस्या समाधानको लागि माग गरिएको सिलवालले बताए सिलवालले भन्नुभयो, ‘छिटो, छरितोसँग आयोगको काम गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ हामीलाई खुसी लागेको छ ।’

आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने, भूमि विधेयकसँग जोडिएका कानुनहरु पारित गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा नै लालपुर्जा वितरण गर्ने वातावरण निर्माण मन्त्रीसँग माग राखिएको विज्ञ सदस्य कार्कीले बताउनु भयो । आयोगको कामलाई चुस्त तथा दुरुस्त बनाउन यातायात तथा जनशक्ति व्यवस्थापन सन्र्दभमा जिल्ला समन्वय समिति तथा सरोकारवाला कार्यालयमा पहल गरिदिनको लागि माग राखिएको आयोगका सदस्य रामचन्द्र उपाध्यायले बताउनुभयो । मैदानमा पुगेर छिटो सम्पन्न गर्नको सवारी साधनको प्रबन्ध मिलाउन माग राखिएको सिलवालले बताउनुभयो ।

कार्कीका अनुसार जिल्लामा देवघाट गाउँपालिका, आँबुखैरेनी, नापी कार्य सम्पन्न भईसकेको, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, भानु नगरपालिका शुक्लागण्डकी नगरपालिका लगायतका पालिकामा नापजाँच भईरहेको छ । नापी सम्पन्न भएको वडाहरुको लालपूर्जा वितरणको आन्तिम तयारीको लागि जिल्ला मालपोत कार्यालयमा प्रमाणिकरणको लागि पठाईएको छ । देवघाटमा ६४, व्यासमा ५, आँबुखैरेनीमा ४६, शुक्लागन्डकीमामा २५ जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको प्रमाणिकरणको लागि पठाईएको छ ।

जिल्लाका दशै पालिकामा गरी भूमिहिन दलित एक हजार ९७, भूमिहिन सुकुम्बासी एक हजार ६४९, अव्यवस्थित बसोबासी २३ हजार ८२२ गरी जम्मा २६ हजार ५६८ जना सूचिकृत भई नापजाँचको काम भईरहेको छ । सदस्य सचिव सिंहले जिल्लामा आयोगले २० जना कर्मचारी खटाएकोमा चार जना कर्मचारी हाल नरहेकोले काम गर्न समस्या परेको मन्त्री न्यौपाने समक्ष बताउनुभयो ।

स्थानीय तहबाट अपेक्षाकृत सहयोग नपाउँदा काम गर्न कठिनाई भईरहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो । सिंहले भन्नुभयो ‘काम गर्ने कर्मचारीलाई साधन र स्रोतको अभाव रहेकोले काम गर्न कठिनाई भएकोले मन्त्रीज्यूलाई सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो