देवघाटको मधुवन सामुदायिक वनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार

Devghat Online

शेयर गरौ

देवघाट । साउन २७

देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समुहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

सामुदायिक वनको संरक्षण, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण, एवं गरिबी न्युनिकरणमा पु¥याएको योगदानको कदर गर्दै मधुवन सामुदायिक वन उपभोक्ता समुहलाई नेपाल भरीका २३ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरु मध्येबाट यस बर्षको उत्कृष्ट दोस्रो गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

सोमबार वन तथा भु संरक्षण विभागमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्र र वन तथा भु संरक्षण विभागका महानिर्देशक बद्रिराज ढुङ्गानाले मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरी र उपाध्यक्ष कमला देवघाटलाई उक्त पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी ७५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

तनहुँ जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुहलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार कार्यविधिमा रहेको आधार र सूचकहरुको आधारमा मूल्यांकन गरी पुरस्कार प्रदान गर्ने निर्णय भएको वन तथा भु–संरक्षण विभागले जनाएको छ । सामुदायिक वन विकास कार्यमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन उपभोक्ता समुहलाई वन विभागले हरेक वर्ष राष्ट्रिय स्तरको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

मधुवन सामुदायिक वन समुहले वातावरण संरक्षणको क्षेत्रमा निकै उत्कृष्ट काम गर्दै आएको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले मधुवन समुहले पुरस्कार प्राप्त गरेको पुरस्कार समग्र तनहुँ जिल्लाकै गौरवको विषय भएको बताए । यो निर्णयले आफुहरुलाई दिगो वन व्यवस्थापन, सामुदायिक वन विकास कार्य तथा सफल कार्ययोजना कार्यान्वयनको लागि थप प्रेरणा मिलेको बताए । यस अघि आइतबार डिभिजन वन कार्यालय तनहुँले पनि मधुवन सहित तनहुँ जिल्लाका उत्कृष्ट वन समुहलाई पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्