सडक निर्माणको लागि वन फडानी गरेको भन्दै वन समुहका पदाधिकारीलाई वन मुद्धा

Devghat Online

शेयर गरौ

देवघाट । साउन २७

सडक निर्माणको क्रममा वन फडाँनी गरेको आरोपमा देवघाटका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई मुद्धा दर्ता भएको छ । देवघाट गाउँपालिका–५ को दासढुङ्गा पुलको मुख हुँदै मुक्तिनाथ जोड्ने गन्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको स्तर वृद्धिका साथ कालोपत्रे गर्दै अगाडी बढेको आयोजना कार्यान्वयनको क्रममा देवघाट गाउँपालिकाको वडा नम्बर ५,४ र १ नम्बर वडाका भूगोलमा समेत पर्ने क्षेत्रका सांढेवगर सामुदायिक वन, कमलादेवी सामुदायिक वन, गैडाडुङ्गा सामुदायिक वन, सुनाझांक्री सामुदायिक वन र चम्कादेवी सामुदायिक वनका उपभोक्ता समूहका अध्यक्षहरुलाई वन फडानी गरेको त्यसलाई हानी नोक्सानी पु¥याएको भन्ने अभियोगमा मुद्धा चलाईएको छ ।

सडक स्तरोन्नती गर्ने क्रममा रुख फडानी गरेको आरोपमा सामुदायिक वनका अध्यक्षहरुलाई झुटा मुद्धा लगार्ईको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ देवघाटले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सडक निर्माण योजना गण्डकी प्रदेश सरकारको भएको र अनुगमनको दायित्व पनि उसैको र स्थानीय सरकारको पनि भएको भन्दै सडक सबै उभोक्ताहरुको हो अनि यसको जिम्मेवारी र जवाफदेहीता स्थानीय सामुदायिक वन समूहका अध्यक्षहरुको कसरी हुनसक्छ ? भन्ने प्रश्न सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ देवघाटले गरेको छ ।

यसको जवाफ सव डिभिजन वन कार्यालय देवघाट र डिभिजन बन कार्यालय तनहुँ ले दिनुपर्ने भन्दै महासंघले सामुदायिक वन उपभोक्ता समूहका निर्दोष अध्यक्षहरु माथि लगाइएको मुद्दा अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

यसमा आलटाल वा विलम्व गरे सिङ्गो सामुदायिक वन महासंघ देवघाट गाउँपालिका भरीका बन उपभोक्ता समूहको साथ सहयोग र सहभागितामा आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा समेत महासंघले विज्ञप्ति मार्फत चेतावनी दिएको छ । यसैविषयमा छलफल गर्न आगामी साउन २९ गते देवघाट गाउँपालिका भरिका सामुदायिक वन समूहका पदाधिकारीहरु स्थानीय जनप्रतिनिधिहरु र सबै पक्षलाई देवघाट गाउँपालिकाको सिटि हलमा उपस्थित हुन सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय