संघीय देखी स्थानीय तहसम्म व्यवस्थापन परीक्षणमा सक्रियता बढाउन मन्त्री न्यौपानेको निर्देशन

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२ क., निजामती सेवा नियमावली, २०५० को नियम ३ क., तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ बमोजिम संघीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

नेपाल सरकारका विभिन्न संघीय मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयले आफ्ना मातहतका निकायको व्यवस्थापन परीक्षण गरी प्रतिवेदन तत्कालल मन्त्रालयमा पेश गर्न मन्त्री न्यौपानेले निर्देशन दिनुभएको छ । सोहीअनुसार, मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र देशभरका ७५३ वटै स्थानीय तहलाई पनि व्यवस्थापन परीक्षण गर्न वा निर्देशिकाको आधारमा आवश्यक कार्यविधि तयार गर्न पत्र पठाउने निर्णय गरेको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा १८ वटा संघीय मन्त्रालयसहित २६ वटा निकायको व्यवस्थापन परीक्षण सम्पन्न भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ मा ३० वटा संघीय मन्त्रालय तथा निकायको व्यवस्थापन परीक्षण गर्ने लक्ष्य मन्त्रालयको माइलस्टोनमा समेत समावेश भएको छ ।

मन्त्री न्यौपानेले व्यवस्थापन परीक्षणलाई सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा लिई सम्पूर्ण निकायमा यसलाई नियमित र प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित सबै निकायलाई आह्वान गुर्नभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक