संस्थागत क्षमता स्वमुल्यांकनको नतिजामा तनहुँका पालिका मध्ये म्याग्दे प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ५

स्थानीय तहको सस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको नतिजामा तनहुँका १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिका प्रथम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार म्याग्दे गाउँपालिका तनहुँका १० स्थानीय तहमा प्रथम भएको हो । विभिन्न सुचकहरुको आधारमा दिईएको अंकमा म्याग्देले ८५ दशमलव ७५ अंक प्राप्त गरेको छ ।

यसैगरि दोश्रो स्थान प्राप्त गर्ने आबुँखैरेनीले ८५, तेश्रो स्थानमा रहेको शुक्लागन्डकी नगरपालिकाले ८१.७५, चौथो स्थानको व्यास नपाले ८१.२५ अंक प्राप्त गरेका छन् । यस्तै क्रमशः भानु नपाले ८०.७५, देवघाटले ७४, भिमाद नपाले ७१, ऋषिङले ६९, घिरिङले ६७.५० र बन्दीपुर गाउँपालिकाले ६६ अंक प्राप्त गरेका छन् ।

कार्यविधिअनुसार स्थानीय तहले विभिन्न दश वटा शीर्षकमा स्वमूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण