पार्टी कार्यालय तोडफोड भएको १३ दिनमा बोल्यो तनहूँ काँग्रेस, कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

Devghat Online

शेयर गरौ

तनहुँ । असोज ४

पार्टी कार्यालय तोडफोड भएको १३ दिनपछि तनहुँ काँग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । काँग्रेस तनहुँले असोज ४ गते शनिबार विज्ञप्ति प्रकाशति गरि भदौ २४ गते पार्टी कार्यालयमा भएको तोडफोडको विरोध गरेको हो ।

काँग्रेस तनहुँले जेन जी पुस्ताको आन्दोलनलाई धमिलो बनाई, गलत मनसाय पुरा गर्ने विभिन्न समुहहरुले भदौ २४ गते विहानै देखि अकल्पनीय ढङ्गले सर्वोच्च अदालत, देशभरका विभिन्न कार्यालय तथा नेपाली काँग्रेस केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँ र अन्य सरकारी कार्यालय, नेपाली कांग्रेस तनहुँ को कार्यालय एव अन्य राजनैतिक दलको कार्यालयमा तोडफोड र आगजनी गर्ने तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, तनहूंका केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदिप पौडल लगायत अन्य नेताहरुको घरमा तोडफोड तथा भौतिक आक्रमण जस्तो अपराधिक क्रियाकलाप गरिएको एवं जिल्ला स्तरिय नेता तथा पार्टी सदस्यहरुमा राजनैतिक आस्थावानका कारण अभद्र व्यवहार गरिएको क्रियाकलाप प्रति घोर भत्र्सन गरेको छ ।

उक्त अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरि कार्वाहीको दायरामा ल्याउन समेत काँग्रेस तनहुँले माग गरेको छ । काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले प्रकाशित गरेको विज्ञप्तिमा २०८२ भाद्र २३ र २४ गते नेपालका जेन जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सबैप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पुर्ण सपुतहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता