परमानन्द संस्कृत गुरुकुलमा दुर्गा सप्तसती पाठ–पारायण

Devghat Online

शेयर गरौ

देवघाट । असोज ६

देवघाट गाउँपालिका–५ मा रहेको हरिहर सन्यास आश्रमद्वारा सन्चालिन परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा राष्ट्र कल्याणार्थ सामूहिक दुर्गा सप्तसती पाठ–पारायण सुरु भएको छ ।

राष्ट्रको कल्याण र समृद्धिको कामना गर्दै सामूहिक दुर्गा सप्तसती पाठ–पारायण कार्यक्रम सुरु भएको छ । नवरात्रसम्म चल्ने यस आध्यात्मिक कार्यक्रमलाई राष्ट्रको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै आयोजना गरिएको गुरुकुलले जनाएको छ ।

हालैको जेन जी आन्दोलनमा शहीद भएका आत्माहरूको स्मृतिमा अर्पण गरिएको उक्त पारायणमा गुरुकुलका आचार्य, विद्यार्थी र भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । कार्यक्रमका संरक्षक स्वामी ज्ञानानन्द सरस्वतीले राष्ट्रहितका लागि वैदिक संस्कार र साधनाको महत्त्व औंल्याउँदै पाठ–पारायणलाई मार्गदर्शन गर्नुभएको छ ।

यसअघि पनि राष्ट्रकल्याणकै उद्देश्यले गुरुकुलमा सामूहिक रुद्राभिषेक सम्पन्न भएको थियो । निरन्तर साधना र वैदिक अनुष्ठानमार्फत राष्ट्रलाई शान्ति, स्थायित्व र सकारात्मक ऊर्जा प्रदान गर्ने गुरुकुलको प्रयासलाई सहभागीहरूले उच्च प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन