देवघाटमा नेपालकै ठुलो हनुमानको मुर्ती बनाउने प्रक्रिया अगाडि बढाउदै

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असोज ६

देवघाटमा नेपालकै ठुलो हनुमानको मुर्ती सहितको मन्दिर बनाइने भएको छ । नेपालकै ठुलो हनुमानको मन्दिर निर्माणको लागि केशवचन्द्र न्यौपानेको अध्यक्षतामा गत २०८१ फागुन १२ गते मा ११ सदस्यीय निर्माण समिति गठन गरिसकिएको थियो ।

उक्त निर्माण समितिले हनुमानको मुर्ती सहितको मन्दिर निर्माणको प्रक्रिया सुरु गरेको निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए । देवघाट गाउँपालिका–५ मा रहेको मधुवन सामुदायिक वन समुहको क्षेत्रभित्र उक्त मुर्ती बनाईने न्यौपानेले बताए । निर्माण समितिमा वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, उपाध्यक्षमा एलिजा अधिकारी क्षेत्री, महा–सचिवमा प्रविण कार्की, कोषाध्यक्षमा डिल्लीराम गिरी, सचिवमा भानुभक्त न्यौपाने तथा सदस्यहरुमा टेकबहादुर थापा मगर, विष्णुप्रसाद घिमिरे, चन्द्रमाया श्रेष्ठ, कमला देवकोटा र राधा खनाल रहेका छन् ।

हालको आमोदीनाथ हनुमान तपस्थली मन्दिर मधुवन सामुदायिक वन भित्र परेको हुँदा उक्त मन्दिर पनि मधुवन सामुदायिक वनको कार्ययोजनामा सम्पन्न गरिने निर्माण समितिका कोषाध्यक्ष तथा मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले वताए । मधुवन सामुदायिक वन भित्र रहेको सीता पाइला, रानीपोखरी, सातभाई चिहान जस्ता पुराना ऐतिहासिक जस्ता ठाउँहरुलाइ संरक्षण गर्दै हनुमान मन्दिर निर्माण गरि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने गिरीले बताए ।

आमोदीनाथ हनुमानधाम तपस्थली मन्दिर २०४८ साल देखि नारानचारी बाबा (फलारी बाबा) ले तपस्या गर्दै आएको र उनै नारानचारी बाबा ८ वर्ष त्यही घनघोर जङ्गलमा जङ्गली जनावरको डर नमानी अन्न समेत नखाई फलफुल मात्र सेवन गरि तपस्या गरेको निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए । उक्त तपस्या देखेर नारानचारी बाबाको सपनामा नाराउण भगवान आई ‘तपाइको तपस्या देखेर म प्रशन्न भएँ, तपाइको साविक ४ मा अत्यन्त हावा चल्ने र त्यँहाको जनजिवन स्तर कम भएको छ, यहि ठाउँमा पवन पुत्र हनुमानको मुर्ती बनाइ पुजा आराधाना गरेमा हावा कम चल्ने र जनजिवन स्तर बढ्नेछ’ भनेको न्यौपानेले बताए ।

नारनचारी बाबालाई भगवानले सपनामा उक्त कुरा भनेपछि तपस्या गरेको १० वर्षपछि नारानचारी बाबाले स्थानिय समुदायमा यी सपनाको कुरा भनेपछि स्थानीय बासिन्दाहरुले उक्त स्थानमा मुर्ती बनाई स्थानिय स्रोत साधन माटो ढुङ्गा र काठ प्रयोग गरि पुजा आराधना गरेपछि हावा कम चलेको र स्थानिय जनजिवन बढेको महशुस गरेको न्यौपाने बताए । त्यसपछि नारानचारी बाबा देवघाट झरेपछि समय समयमा त्यहाँ गई पुजा आराधना गर्दै गरेको र पछि नारानचारी बाबाको मृत्युु भएपछि अहिले त्यो मन्दिरको ऐतिहासिक महत्वलाई जोगाउन पर्छ भनी त्यस उक्त मन्दिर पुननिर्माण गर्न लागिएको न्यौपानेले बताए ।

जुन ठाउँमा जुन चिज छ त्यस ठाउँमा त्यस चिजको पहिचान गरि व्यवस्थापन गर्न सक्यो भने त्यस ठाउँको महत्व हुने न्यौपानेले बताए । तसर्थ देवघाटमा धार्मिक मठमन्दिरलाई नै व्यवस्थापन गर्न सक्यो भने यस ठाउँको गरिमा बढ्न गई पर्यटकिय क्षेत्र बढाउन सकिने र यहाँको आर्थिक सामाजिक पाटोहरु मजवुत हुँदै जाने हुँदा पछिल्लो समयमा मठमन्दिर निर्माण कार्यमा लागेको न्यौपानेले बताए ।

न्यौपाने हाल भर्जनकालिका मन्दिर निर्माण समितिको अध्यक्ष रहेको र उक्त भर्जन कालिका मन्दिर निर्माणको कार्य अन्तिम चरणमा पुगेको हुँदा चाँडै उक्त मन्दिरको निर्माण कार्य सम्पन्न गरि हनुमानथान मन्दिरको निर्माण कार्य सुरु गरिने न्यौपानेले बताए ।

निर्माण समितिको बैठकले मन्दिर निर्माणको प्रक्रियालाई अगाडि बढाउनको लागि ६ बुँदे निर्णय गरेको । मन्दिरको आजिवन सदस्यता लिनको लागि पाँच हजार एक सय र साधारण सदस्यको लागि एक हजार एक सय रुपैयाँ शुल्क तोकिएको बताए । मन्दिरको निर्माण कार्यको प्रक्रिया छिटै पु¥याइ मन्दिर निर्माणमा जुट्ने न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई