सीता सामुदायिक वनको सार्वजानिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असोज ८

देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्त समुहको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । सामुदायिक वनले गत आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको बारेमा उपभोक्ताहरुलाई जानकारी गराउने र उपभोक्ताहरुको राय सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका ५ वडाका वडा सदस्य बुद्धि वहादुर पाण्डेले हरेक सामुदायिक वनको हरेक कारोवारहरु उपभोक्ताले चासो लिनुपर्ने र चित्त नवुझेको कुराहरु खवरदारी गर्न सके सामुदायिक वन पनि सतर्क हुने बताए । संस्थाका हरेक कारोबारहरु पार्दशिकता हुनपर्ने पाण्डेले बताए।

सव डिभिजन वन कार्यालय देवघाटका प्राविधिक दिपक सिलवालले पछिल्लो समयमा वनको नियम कानुनहरु कडा भएको र हरेक सामुदायिक वनले नियम कानुनमा बसी काम गर्दै जानुपर्ने बताए । यसको लागि सव डिभिजन वन कार्यलयले सल्लाह सुझाव दिई सामुदायिक वनको स्तरउन्नतीको लागि पहल गर्ने सिलवालले बताए ।

मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले सीता सामुदायिक वनले पनि राम्रो काम गर्दै गएको र आगामी दिनमा सहकार्य गर्दै आफुले जानेको कुराहरुलाइ सेयर गर्दै जाने गिरीले बताए ।

सीता सामुदायिक वनका लेखा संयोजक राजु भुर्तेलले सामुदायिक वन र सवडिभिजन वन कार्यलय मिलेर काम गर्ने पर्ने बताए । पछिल्लो समयमा सव डिभिजन वन कार्यलय र सामुदायिक वनको विच तालमेल नमिलेको हुदा सामुदायिक वनलाई मुद्धा परेको भुर्तेलले बताए । सामुदायिक वनलाई सवडिभिजन वन कार्यलयले नियम र कानुनी हिसावले काम गर्न सिकाउन पर्ने भुर्तेलले बताए । मधुवन सामुदायिक वनले राष्ट्रिय स्तरमा उत्कृष्ट वन पर्न गएको र आगामी दिनमा अझ सिक्दै काम गर्दै सीता सामुदायिक वनले पनि राम्रो गर्ने भुर्तेलले बताए ।

सन्दरशिल टोल विकासका अध्यक्ष दुर्गालाल गुरुङले सबै जिम्मेवारी पद लिएको जिम्मेवारी व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दै जाने हो भने संघ सस्थालाई हाक्न सकिने र काम गर्दा सार्थकता पाउने बताए । सीता सामुदायिक वनका अनुगमन समितिका संयोजक बल बहादुर क्षेत्रीले सामुदायिक वन सबै उपभोक्ता र समितिको भएको र यसमा सबै उपभोक्ताले पनि चासो दिई सामुदायिक वनलाइ स्तर उन्नति बढाउन लाग्न पर्ने बताए ।

सीता सामिदायिक वन समुहका अध्यक्ष भानुभक्त न्यौपानेको अध्यक्षतमा भएको उक्त कार्यक्रमको सन्चालन सचिव एलिजा अधिकारी क्षेत्रीले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष राधादेवी खनालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र