देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज २२

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने व्यक्तिहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ । आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिने सक्ने छन् ।

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाइन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

साथै काठमाडौँ उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ (मिनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) मा समेत उक्त सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती