तनहुँ । असोज २३
१५१ औं विश्व हुलाक दिवस (अक्टोवर ९) को अवसरमा विहिबार तनहुँमा ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मनाईयो ।



हुलाक दिवसको अवसरमा विहिबार विहान व्यास नपा–५ को परासर आश्रममा बृद्व बृद्वाहरुलाई फलफुल लगायतका सरसफाइका सामाग्रीहरु प्रदान गरियो । यसैगरि जिल्ला हुलाक कार्यालयमा कर्मचारी विच घैटोफुटाई प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, हल्कारा र अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु बिचमा पत्र लेखन प्रतियोगिता, आ.व.२०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई नगद र प्रमाण पत्र प्रदान तथा आ व. २०८१/०८२ मा अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मान गरि मनाईएको थियो ।
साथै हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय परिसर सरसफाइ एवं साँझ दिपावली समेत गरिएको थियो । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक संघको स्थापना भएको स्मरणमा रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् ।












