जिल्ला प्रशासन कार्यालय तनहुँबाट राष्ट्रिय परिचय पत्रको सेवा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २७

जिल्ला प्रसासन कार्यालय तनहुँमा आइतबारदेखी राष्ट्रिय परिचयपत्रको सेवा सुरु भएको छ । गत भदौ २४ गते जेन जीको आन्दोलनमा आगजनीबाट क्षती भएको जिल्ला प्रशासन कार्यालयमा आइतबारबाट राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएको हो ।

उद्योग वाणिज्य संघ तनहुँले २ लाख २० हजार रुपैयाँ खर्च गरि जिल्ला प्रशासन कार्यालयमा दुई वटा कोठा मर्मत सम्भार गरेपछि उक्त कोठाबाट राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले बताए ।

राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएपनि राहदानी विवरण संकलन कार्य भने अझै सुरु हुन सकेको छैन । राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएपछि प्रशासन कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो । राहदानी विवरण संकलन कार्य चाँडै सुरु गरिने सहायक प्रजिअ रेग्मीले बताए । जनताले तुरुन्त सेवा पाउन सकून् भन्ने उद्देश्यले काम निरन्तर अघि बढाइएको रेग्मीले बताए ।

तनहुँ उद्योग वाणिज्य संघले निर्माण गरेको जिल्ला प्रशासन कार्यालयको दुई वटा कोठाको चावी आइतबार संघका अध्यक्ष बैकुण्ठ मिश्रले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई चाबी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती