सरकारबारे ओलीको टिप्पणी– आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको बताए ।

उनले भने, ‘यो असंवैधानिक सरकार हो, कुन संविधान अनुसार बनेको छ ? अनि आवश्यकताको सिद्धान्तको कुरा गर्ने । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था विघटन गर्ने अधिकार कसले दियो ? क्रान्ति रे, कहाँ भयो क्रान्ति रु प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ। हिंसा अराजकतामा धकेलेको छ ।’  उनले अहिले सिङ्गो देश त्रसित मनस्थितिमा रहेको बताए ।

उनले थपे, ‘यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेका छैनन् । एक प्रतिशत भनेको तीन लाख हो। यो आम जनतालाई सहभागी भएर बनाएको होइन। जनताको घरमा आगो लगाएर बनाइएको हो ।’ ओलीले देशलाई संवैधानिक रिक्तता हुनबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर