देउती सामुदायिक वनको साधारण सभा तथा अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, कार्तिक १

देवघाट गाउँपालिका–५ स्थित देउती सामुदायिक वन उपभोक्ता समुहको २४ औं साधारण सभा तथा १३ औं अधिवेशन शुक्रबार सम्पन्न भयो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण वहादु कुवँरले बिकासको कामलाई अबरुद्ध गरेका रुखहरुलाई नियम अनुसार गई प्राथामिकतामा राखी कटान गर्नुपर्ने बताए । वडा सदस्य बुद्धि वहादुर पाण्डेले पछिल्लो समय वनको उपभोक्ताहरु निस्कृय भएको हुदा वन उपभोक्ता समुह सन्चालन गर्न कठिन भएको र उपभोक्ताहरुलेकुनै चासो नराख्ने बताए । पछिल्लो समयमा वन ऐनहरु कडा भइरहेको हुदा यसमा कार्यसमिति र उपभोक्ताहरु निश्क्रिय भएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका सदस्य भोजराज नैनावस्तीले पछिल्लो समय देवघाट सामुदायिक वन प्रति हेर्ने नजर फरक भईरहेको बताए । सामुदायिक वनहरुको नियमहरु कडा भइराख्दा कतिपय नियम कानुनहरु कार्यसमितहरुलाई थाहा नहुदा मुद्दा परिरहेको नैनावस्तीले बताए । सव डिभिजन वन कार्यालयले गर्न हुने काम र गर्न नहुने कामहरु कार्यसमितिलाई प्रष्ट्याँउदा मुद्दाहरु पर्न कम हुने नैनावस्तीले बताए ।

स्थानिय वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीले सामुदायिक वनको हक र अधिकार दिलाउनको लागि स्थानिय वन महासंघले नेतृत्वदायी भुमिका खेल्दै आएको बताए । जहाँ सामुदायिक वनलाई अफ्ठ्यारो पर्छ त्यसमा स्थानिय वन महांसघ ढाल बनेर उभिने कार्कीले बताए । कालिका सामुदायिक बनका अध्यक्ष अमर बहादुर फेवालीले साधारण सभा कार्यक्रममा उपभोक्ताहरु भेला भई कार्यसमितिले गरेको कामको मुल्यांकन गरि आगामी दिनमा कसरी जाने भन्ने कुराहरु छलफल गर्ने दिन रहेको हुदा साधारण सभामा सबै उपभोक्ताहरु सबै उपस्थिति हुनुपर्ने बताए ।

उक्त अधिवेशनबाट वन समुहको अध्यक्षमा तेज बहादुर थापा, उपाध्यक्षमा ठाकुर कुमारी काफ्ले, सचिव हरि माया सिवाकोटी र कोषाध्यक्ष परिमाया मगर लगाएत एघार जनाको कार्यक्रम समिति चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सञ्चारमाध्यममा सरकारको आर्थिक नाकाबन्दीविरुद्ध पत्रकार महासंघ आन्दोलित

तनहुँ । चैत २८ नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध संघीय संसद्मा