छिम्केश्वरी–बुढीदेवी महायज्ञको तयारी अन्तिम चरणमा

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २

महाभारत पर्वत श्रृङ्खलाको उच्च भाग २१३४ मिटर उचाइमा अवस्थित आबुँखैरेनी गाउँपालिकाको छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि आगामी कात्तिक ८ गतेदेखि १५ गतेसम्म आयोजना हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

महायज्ञको बारेमा जानकारी दिन आइतबार महायज्ञ स्थल हाटबजारमा पत्रकार सम्मेलनको आयोजना गरियो । महायज्ञ मूल समारोह समिति, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा भएको उक्त पत्रकार सम्मेलनमा महायज्ञको उद्देश्य र तयारीबारे जानकारी दिईएको थियो ।

पत्रकार सम्मेलनमा महायज्ञ मुल समारोह समितिका संयोजक कृष्णमान तामाङले महायज्ञको प्रचार–प्रसार, महायज्ञ स्थल निर्माण, ध्वनि प्रविधि (साउण्ड सिस्टम) व्यवस्थापन, चिठीपत्राचार लगायतका तयारी अन्तिम चरणमा पुगेको बताए । विविध उप–समितिहरू गठन गरी महायज्ञको तयारीलाई थप सघन बनाइएको समितिले जनाएको छ ।

महायज्ञबाट १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ भने करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महायज्ञले धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने आयोजक समितिको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र