पृथ्विराजमार्गको डम्पिङ साईट क्षेत्रमा २ घन्टा यातयात बन्द हुने

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक ९

पृथ्विराजमार्गको डम्पिङ साईट क्षेत्रमा २ घन्टा यातयात बन्द हुने भएको छ । तनहुँ जिल्ला भित्र पर्ने पृथ्वी राजमार्ग (आँबुखैरेनी–मुग्लीङ सडक खण्डको डम्पिङ साइट क्षेत्र) को आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा पहिरो नियन्त्रण कार्यका लागि भुकम्प प्रतिरोधकता अध्ययन गर्नुपर्ने भएकोले कार्तिक १० गते राती १२ बजेदेखी २ बजेसम्म उक्त सडक खन्ड बन्द गरिने भएको छ ।

उक्त पहिरोको कारण खोज्न प्राविधिक अध्ययन गर्नुुपर्ने भएकोले उक्त दुई घन्टाको अवधिभर यातायात सञ्चालन गर्न नमिल्ने भएको हुँदा उक्त समयावधिभर सडक अवरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

गत कार्तिक १९ गते उक्त सडकको साँखरमा पहिरो गएपछि सो स्थानमा यातयात एकतर्फी भएको छ । सडकमा अत्याधिक सवारीको चापले उक्त स्थानमा घन्टौंसम्म जाम पर्न थालेको छ । ५ वर्ष अघि पहिरो गएको उक्त स्थानमा वाल उठाएर यातयात सन्चालन गरिएको थियो । अहिले उक्त वाल भत्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक