छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक ९

तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा शनिबारदेखि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि आयोजना गरिएको उक्त महायज्ञ आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।

महायज्ञको उद्घाटन एक भव्य समारोहका बीच आँबुखैरेनी निवासी १०२ वर्षीया वयोवृद्ध जेष्ठ नागरिक मिना देवी मिश्रले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले पवित्र श्लोक वाचन पनि गर्नुभएको थियो।

महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलको मुखारविन्दबाट श्रीमद्भागवत वाचन तथा ज्ञानगङ्गा प्रवाह भइरहेको छ।
महायज्ञ छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा आयोजना गरिएको हो।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष शुक्र चुमान, निवर्तमान अध्यक्ष गिरबहादुर थापा, संयोजक कृष्णमान तामाङ र महासचिव केशर बहादुर के.सी.लगायतका वक्ताले मन्तव्य राखेका थिए।

उनीहरूले महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्दै सबैलाई सहयोग र सहभागिताको लागि आग्रह गरे।

महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङका अनुसार, यस महायज्ञबाट करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महायज्ञको पहिलो दिन शनिबार ५८ हजार ७७० रुपैयाँ नगद, १५ हजार रुपैयाँ फोन–पे मार्फत, र ६ हजार ८० रुपैयाँ भेटी स्वरूप संकलन भएको आर्थिक संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो।

महायज्ञ अवधिभर पितृ उद्धारार्थ वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।

यसका साथै तामा, पित्तल, ढोलक जस्ता पुराना धार्मिक सामाग्रीहरू तथा धान, चामल, पिठो, घ्यू, खाद्यान्न लगायतका अन्न दान पनि स्वीकार गरिने बताइएको छ।

स्थानीयवासीहरूका अनुसार, यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र