देवघाट सहकारीको वार्षिक साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक १०

देवघाट गाउँपालिका–५ मा रहेको देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

उक्त साधारणसभाको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले उद्घाटन गरे । सहकारीका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका सहकारी शाखाका प्रमख कृष्णराज पन्त, सहकारीका शेयर सदस्यहरु बाबुराम पौडेल र पञ्च बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन सचिव महेशराज भट्टराईले र स्वागत मन्तव्य उपाध्यक्ष प्रशन्न ढकालले राखेका थिए । उक्त साधारणसभामा अध्यक्ष अधिकारीले चालु आर्थिक वर्षको गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समिति संयोजक भिम प्रसाद सापकोटाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक