हिमपातले पर्यटकलाई सास्ती

Devghat Online

शेयर गरौ

पोखरा । कार्तिक ११

गण्डकीको मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा र कास्कीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । मनाङ, मुस्ताङ, म्याग्दी, कास्कीसहितका प्रशासनले सूचना जारी गर्दै उच्च भागमा हिमपात भएकाले पदयात्रा नगर्न आग्रह गरेका छन् ।

म्याग्दी प्रशासनले नर्थ अन्नपूर्ण बेस क्याम्प जाने पर्यटकलाई रोक लगाएको छ । हिमपात भएसँगै यात्रा असहज हुने भएकाले भुरुङ तातोपानीबाट माथि जान रोक लगाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
‘नर्थ एबीसी पुगेका अधिकांश पर्यटक फर्किएका छन् । केही फर्किने क्रममा छन्,’ उनले भने, ‘माथि ४०/५० जना छन् भन्ने कुरा आएको छ । उहाँहरुको यात्रालाई सहजीकरण गर्न सुरक्षा निकायको टोली खटाएका छौं ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङको तल्लो भागमा वर्षा र माथिल्लो भागमा हिमपात भइरहेको बताए । उनले पर्यटकलाई माथिल्लो भागमा यात्रा नगर्न आग्रह गरिसकेको उल्लेख गरे ।

‘पर्यटक हिउँमा रमाउनुभएको छ । बिहानभन्दा हिउँ कम परेकाले मुक्तिनाथ, लोमान्थाङ, कोरला नाकामा पनि गइराख्नुभएको छ,’ उनले भने, ‘हिजो अस्ति आउनुभएका पर्यटक फर्किने क्रममा पनि हुनुहुन्छ । बाटो क्लियर हुँदा कुनै समस्या छैन ।’

जिल्ला प्रशासन कार्यालय मनाङले बुधबार बिहानसम्म पदयात्रा तथा हिमाल आरोहण नगर्ने आग्रह गरेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले मनाङको माथिल्लो भुभागमा बाक्लो हिउ परेको बताए । रेस्क्यूका लागि आफूसहितको टोली बाटो खुलाउँदै तिलिचो बेस क्याम्पतर्फ लागेको पौडेलले सुनाए ।

‘तिलिचो बेस क्याम्पमा करिब एक हजार मान्छे हुनुहुन्छ । उहाँहरू सबै खाङसार (बाटो जाने ठाउँ) झरिसकेको अवस्था छ,’ उनले भने, ‘डोजरसहित हामी जादैछौं । अहिले पनि हिमपात परिराखेको छ । बाटो खुलाउन सकिन्छ कि । अलिकति माथिका मान्छेलाई तल ल्याउन सकियो भने माथि होटलको प्रेसर हुँदैन भनेर हामी लागिरहेका छौं ।’

जिल्ला प्रशासन कार्यालय कास्कीले पनि पदयात्रा गर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ । यस्तै मौसम सफा नभएसम्म पदयात्रामा ननिस्कन अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको