देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सफल पार्न मोटरसाईकल र्याली गरिने

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक १३

देवघाटधाम–गण्डकी परिक्रमा महोत्सव–२०८२ सफल पार्न देवघाट र नारयणगढ क्षेत्रमा मोटरसाईकल र्याली गरिने भएको छ । कार्तिक १८ गते कार्तिक शुक्ल–बैकुण्ठ चतुर्दशीेको दिन हुने देवघाटधाम–गन्डकी परिक्रमा महोत्सव सफल पार्न कार्तिक १७ गते दिउँसो बृहत मोटरसाईकल र्याली गर्न लागिएको हो ।

मोटरसाईकल र्याली गर्न मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीको संयोजकत्वमा समिति गठन गरिएको छ । सोही समितिको आह्वानमा कार्तिक १७ गते दिउँसो ३ बजे देवघाटको गलेश्वर आश्रम परिसरबाट बृहत मोटरसाईकल र्याली गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले जानकारी दिए ।

गलेश्वर आश्रम देवघाटधाम सिद्धेश्वर भगवानको दर्शन गरी सुरु हुने मोटरसाईकल यात्रा देवघाट क्षेत्र विकास समिति कार्यालय हुँदै टाउनचोक, श्रीकृष्ण कृपा धाम, घिनाटार, दुर्गा मन्दिर, तीन कन्या देवी मन्दिर क्युदी, कालिका मावि, देवघाट गाउँपालिका कार्यालय, भर्जन कालिका मन्दिर, दासढुङ्गा पुल तरेर चितवन पुग्नेछ ।

चितवन तर्फ जुगेडी, ठिमुरा, रामनगर, आँपटारी, पुलचोक, नवलपुर जोड्ने गैडाकोटको पुल तरेर ब्रिटिस क्याम्प मार्ग हुँदै विभिन्न देवी देवताको मन्दिर दर्शन गरि दिव्यधाम सम्म पुगी पुनः आँपटारी, बागेश्वरी मन्दिर देवघाट, लक्ष्मीनारायण मन्दिर, राम मन्दिर, शंकराचार्य मन्दिर, यज्ञशाला हुँदै त्रिशुलीको झोलुङ्गे पुल तरेर तनहुँ तर्फ पुलको मुखको स्वस्थानी मन्दिर, गणेश मन्दिर, सत्यनारायण मन्दिर, हरिहर आश्रम, रामेश्वर आश्रम, टाउनचोक महेशमार्ग हुँदै महेश सन्यास आश्रम स्थित बिद्धेश्वर महादेव मन्दिर परिसरमा पुगी समापन हुने पुडासैनीले बताए ।

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्न देवघाटधाम–गन्डकी परिक्रमा महोत्सव–२०८२ हुने भएको हो । मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकी नदीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्न तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा कार्तिक १८ गते कार्तिक शुक्ल–बैकुण्ठ चतुर्दशीको दिन बिहान ७ः३० बजे उक्त देवघाटधाम गन्डकी परिक्रमा महोत्सव हुने भएको हो ।

देवघाटधाम गन्डकी परिक्रमा महोत्सवले देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने महोत्सवका अगुवा तथा महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए । नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा सो महोत्सव आयोजना हुनेछ ।

महोत्सवको नाम दिईएपनि उक्त कार्यक्रममा तनहुँ, चितवन र नवलपुरको देवघाटक्षेत्रमा रहेका धार्मिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको परिक्रमा गरि आरधाना गर्ने मुख्य कार्यक्रम रहेको छ । देवघाटको तनहुँ तर्फको बेणी संगमबाट सुरु हुने उक्त कार्यक्रम २५ किलोमिटरको यात्रा खालीखुट्टा पैदलै पुरा गरि पुनः तनहुँको देवघाट स्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई परिक्रमा यात्रा समापन हुने छ ।

उक्त परिक्रमा यात्रा देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।
यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको छ ।
उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र