प्रधानमन्त्रीसँग एमाले नेताहरुले भने–ओलीलाई स्थान हद लगाएर चुनाव हुन सक्दैन

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर ११

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचनका विषयमा साथ दिन आग्रह गरिन् । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी थिए भने सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी थिए ।

प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवादका क्रममा एमालेसँग सम्बन्ध सुधार्न थालेको प्रयासका रूपमा एमाले नेताहरूले लिएका छन् तर यो बसाइँमा एमाले नेताहरूले राखेका केही गम्भीर विषयमा सरकार अनुत्तरित भएको नेताहरूले जनाएका छन् ।

एमालेले संसद पुनस्र्थापनाको मागसहित अदालतदेखि सडक संघर्षमा पनि उत्रिरहेको बेला गरिएको यो छलफलले कुनै निचोड निकालेको छैन तर सम्बन्ध सुधारको प्रयास गरेको छ । नेता महेश बर्तौला भने,‘एमालेको अध्यक्ष केपी ओलीको स्थान हदका विषय किन आए भन्ने प्रश्न उठायौँ, मिडिया ट्रायल गरिएको छ । स्थान हद तोकिनु नै निर्वाचनको वातावरण बनेको छैन भन्ने प्रष्ट छ भनेर जनायौँ । तर यसमा उहाँको कुनै जवाफ आएन । यति ठूलो जनमत भएको पार्टी अध्यक्षलाई स्थान हद गरेर निर्वाचन हुन सक्दैन ।’

उनले अहिलेको सरकार गठनको विषय कानुनी प्रश्न भएकाले अदालती प्रक्रियाबाट टुंगो लगाइनुपर्ने र अदालतको आदेश मान्न आफूहरु तयार रहेको बताए । सम्माननीय प्रधानमन्त्रीले एमालेलाई छलफलको लागि बोलाउनुभयो, निर्वाचनको विषयमा कुरा राख्नुभयो, एमालेले सहयोग गर्नुपर्ने कुरा राख्नुभयो’, उनले भने, ‘हामीले पहिले अहिलेको सरकार गठनकै सम्बन्धमा संवैधानिक परीक्षण टुंगो लगाउनुपर्छ र त्यसपछि निर्वाचनको निष्पक्षता र निर्भयताको विश्वासिलो वातावरण भएको छैन, शान्ति सुरक्षा र भयरहितको वातावरण छैन, मतदाताले भयरहित तरिकाले मतदानस्थलमा आउने वातावरण छैन भन्ने विषय उठायौँ ।’

एमाले नेताहरूले निवर्तमान आइजीपीमाथिको स्थान हदले सुरक्षा निकायलाई गम्भीर बनाएको, भागेका कैदीबन्दी, लुटेका हतियारको विषयमा गम्भीर चासो राखेको जनाए । यसको जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले यो विषयमा चासो राखेको र दलहरूले निर्वाचनमा सहयोग पुराउनुपर्छ भनेर भनेको नेता बर्तौलाले जनाए । ‘हामीले जनताको बीचमा जान रुचाउने पाटी एमालेलाई निर्वाचनको अपिल गर्नुपर्ने होइन त्यसको वातावरण बनाउनुपर्छ भन्यौ ।’

सर्वोच्चमा रिट दर्ता अनि निर्वाचनमा दल दर्ता पनि भयो किन भन्ने प्रश्नमा उनले भने, ‘जनादेशबाहिरबाट सरकार बन्ने विषय गलत हो, लोकतन्त्रमा यस्ता कुरा सच्चाउनुपर्छ संवैधानिक परीक्षणमा गएका हौं दल दर्ताको विषयमा हामी क्लियर छौँ एमाले जनताको बीचबाट अनुमोदन हुन चाहन्छौ, कानुन र संविधान मान्छौँ, कानुनी हिसाबले अद्यावधिक हुने हाम्रो दायित्व हो, एमाले निर्वाचनबाट भाग्दैन कसैलाई भ्रम नहोस् ।’

उनले सबैतिरबाट घेराबन्दी गरेर एमालेलाई एक्ला बनाउने प्रयास भएपनि लोकतन्त्रमा एक्लै भए पनि उभिने दृढता भएको बताए । उनले निर्वाचनको वातावरण बनाउन साथ तयार रहेको आफूहरुले प्रधानमन्त्रीलाई भनेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय