एनपिएलः मंगलबारको खेलमा पोखरा र जनकुपर बिजयी

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर १६

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बिजयी भएका छन् ।
दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ । गत सिजन प्ले अफ खेलेको कर्णालीले एनपीएलमा लगातार चौथो हार व्यहोर्दै एक खेल अगावै प्लेअफ दौडबाट बाहिरिएको हो । मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनको हार भोगेको कर्णालीले चौथो खेलमा विराटनगर किंग्ससँग तीन विकेटको हार व्यहोरेको थियो ।

कर्णालीलाई पराजित गरेसँगै पोखराको प्लेअफ सम्भावना कायमै छ । पोखराले अब चितवन राइनोज र काठमाडौ गोर्खाजसँग खेल्नेछ । लिग चरणमा पोखरा लुम्बिनी लायन्ससँग तीन विकेटले पराजित हुँदा जनकपुरलाई २५ रनले हराएको थियो । सुदूररपश्चिमसँग १८ तथा विराटनगरसँग ५३ रनले पराजित भएको थियो । कर्णालीलाई हराएपछि तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै पोखरा चार अंकमा पाचौँ स्थानमा उक्लेको छ ।

यसैगरि साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद लिन पाएको हो । यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ । जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । जनकपुरलाई अब प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ ।

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो । लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले ६ विकेटको हार व्यहोरेको थियो ।

यता जनकपुरसँगको हारले चितवनलको प्लेअफ यात्रा केही कठिन भएको छ । जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ ।
चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको चितवनले काठमाडौँसँग भने ५३ रनले पराजित भएको थियो । मंगलबार चितवनले दिएको एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुरले १५ बल अगावै चार विकेटको क्षतिमा पूरा गरेको थियो ।

जनकपुरका लागि ओपनर माज सदाकत ६३ रन बनाउँदा क्याच आउट हुन पुगे। ३० बलमा ६ चौका र चार छक्का प्रहार गरेका माज अमरसिंह रौटेलाको बलमा कुशल मल्लको बलमा क्याच आउट भएका थिए । माजले २४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

दोस्रो विकेटका लागि माज र अनिल साहले ७९ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक डो¥याएका थिए । अनिल साह ६१ रनमा क्याच आउट भए। ३६ बलमा चार चौका र तीन छक्का हानेका अनिल ६१ रन बनाउँदा सोहेल तनविरको बलमा कुशल मल्लको हातबाट क्याच आउट भएका थिए । अनिलले २८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

अर्का ओपनर आशिफ शेख १८ रन बनाउँदा कमलसिंह ऐरीको बलमा बोल्ड आउट भएका थिए । जान निकोल ११ रन बनाउँदा रनआउट भएका थिए । सञ्जय कृष्णमूर्ति पाँच र आदित्य महत १८ रनमा अविजित रहे । आदित्यले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १८ रन बनाए ।

चितवनका लागि कमलसिंह ऐरी, सोहेल तनविर र अमर रौटेलाले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले चार विकेटको क्षतिमा एक सय ७६ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि ओपनर डेविड मलन र अर्जुन साउँदले १३.४ ओभरमा एक सय १२ रनको साझेदारी गरेर चुनौतीपूर्ण लक्ष्यको आधार तयार पारेका थिए । जारी एनपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक रनको साझेदारी हो ।

ओपनर डेविडले सर्वाधिक ८० रनको योगदान दिए । ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरेका उनी माज सदाकतको बलमा एलबीडब्लूको धरापमा परे । अर्का ओपनर अर्जुन ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनाउँदा जान निकोल लफ्टी इटोनको बलमा सञ्जय कृष्णमूर्तिको हातबाट क्याच आउट हुन पुगे । अर्जुनले ३७ बलमा चार चौका र तीन छक्का सहयोगमा अर्धशतक पूरा गरे ।

कप्तान कुशल मल्ल ३० र अमर रौटेला एक रनमा अविजित रहे । सैफ जैब सा रन बनाउँदा क्याच आउट नै भए । रवि बोपारा तीन रनमा नै क्याच आउट हुन पुगे । जनकपुरका लागि अनिल साह, माज सदाकत, लफ्टी इटोन र रुपेश सिंहले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी