प्रतिनिधिमा छनौटमा नेतृत्वले गरेको निर्णय स्विकार्य छः नेता श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १७

नेकपा एमालेका नेता एवं एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार घनश्याम श्रेष्ठले पार्टीका नेताहरुले सहमतीमा गरेको महाधिवेशन प्रतिनिधि छनौट आफुलाई स्विकार्य भएको बताएका छन् ।

बुधबार लोकवाणीसँग कुरा गर्दै श्रेष्ठले पार्टीका केन्द्र र जिल्लाका नेताहरुले सबैसँग छलफल गरि सहमतीको आधारमा प्रतिनिधि छनौट गरेको बताए । यो निर्णय आफुलाई स्विकार्य भएको भन्दै श्रेष्ठले छनौट भएका महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।

सहजरुपमा मतगणना सम्पन्न हुन सकेको भए नतिजा अर्र्कै आउने भएपनि असहज अवस्थामा नेतृत्वले सबैसँग छलफल पश्चात गरेको निर्णय स्वभाविक भएको बताए । ६ जना मध्ये २ जनालाई छान्नुपर्दा नाम नपर्ने साथीहरु दुखी हुनु स्वभाविक भएपनि पार्टीको आन्तरिक प्रतिश्पर्धामा कोही बिजयी र कोही पराजित हुनु नपर्ने बताए । श्रेष्ठले आफुलाई मतदान गर्ने सम्पुर्ण एमालेका सदस्यहरुमा आभार व्यक्त गरेका छन् ।

बन्दीपुर गाउँपालिकाको मतगणनामा सय मत गन्दा श्रेष्ठको पक्षमा ९८ मत प्राप्त भएको थियो । त्यसपछि मतगणना कार्य प्रभावित भएको थियो । श्रेष्ठले नेतृत्वले आगामी दिनमा सबै कार्यकर्ताको उचित मुल्यांकन गरि सबैलाई जिम्मेबारी दिने कुरामा कन्ज्युस्याँई गर्न नहुने श्रेष्ठले बताए ।

गत शनिबार भएको निर्वाचनको मतगणनाको क्रममा विवाद भएपछि तनहुँ क्षेत्र नम्बर १ को मतगणना स्थगित गरि केन्द्रमा प्रतिनिधित्व गर्ने तनहुँका नेताहरुले सबैको सहमतीमा प्रतिनिधिको नाम टुंगो लगाएका थिए । केन्द्रमा प्रतिनिधित्व गर्ने तनहुँका नेताहरुले सोमबार र मंगलबार दिनभर छलफल गरि खुल्ला तर्फ जिल्ला अध्यक्ष हरिराज कडेंल (देवघाट) र प्रेमकुमार राना (भानु), महिला तर्फ मनुमाया श्रेष्ठ (व्यास) र फुलमती थापा (बन्दीपुर) र ४० वर्ष मुनीका युवाबाट मदन तिमिल्सेना (व्यास) को नाम छनौट गरि केन्द्रीय संगठन विभागमा सिफारिस गरेका थिए ।

तनहुँ क्षेत्र नम्बर १ मा मतगणनाको क्रममा विवाद भएर गणना कार्य स्थगित भई प्रतिनिधिको टुंगो नलागेपछि केन्द्रीय संगठन विभागले त्यसको समन्वय गर्न तनहुँका केन्द्रीय सदस्यहरुलाई जिम्मेबारी दिएको थियो । केन्द्रीय नेताहरुले उम्मेदबारका सबै आकांक्षीहरुलाई बोलाई आफुहरुले गरेको निर्णय मान्ने विषयमा सहमत गराएका थिए । सोही अनुसार पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली तथा केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठले छलफल गरेका थिए ।

बन्दीपुर गाउँपालिकाको मत गन्ने क्रममा विवाद भई मतगणना स्थगित भएपछि महाधिवेशन प्रतिनिधिका उम्मेदबार पुर्णबहादुर गुरुङले बन्दीपुर गाउँपालिकाको मतपत्र लुटेर लगेपछि मतगणना कार्य अवरुद्ध भएको थियो । लुटिएको मतपत्र गन्ने अवस्था नभएको र पुनः मतदान गर्ने अवस्था पनि नभएपछि प्रतिनिधि चयन गर्ने जिम्मेबारी केन्द्रीय सदस्यहरुलाई दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक