शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

Devghat Online

शेयर गरौ

काठमाडौं । माघ १९

शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ ।

पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आइतबार आयोजित श्रद्धाञ्जलीसभामा समूहका अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापना घोषणा गरेकी हुन् । समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले पत्रकार पण्डित एक व्यावसायिक र चिन्तनशील पत्रकार भएको बताए ।

पण्डितको २०८० माघ १७ गते अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा निधन भएको थियोे । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ साल वैशाख १८ मा जन्मिएका पण्डित शिक्षण र लेखनमा पनि सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो