तनहुँ । माघ १८
तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दिपकराज जोशीलाई बिजयी गराउन ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेपाली काँग्रेसका पुर्व सहमहामन्त्री गोविन्द राज जोशीको समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका जोशीलाई जिताउन आइतबार ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।



स्थानीयस्तरमा संगठनलाई मजबुत बनाउँदै चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन समिति गठन गरिएको हो । यस समितिले घरदैलो कार्यक्रम, मतदाता भेटघाट, चुनावी सन्देश प्रसार, युवा–महिला सहभागिता विस्तार, तथा मतदानको दिन व्यवस्थापनलगायतका कामहरू समन्वय गर्नेछ ।
समितिमा क्षेत्र नम्बर १ का विभिन्न वडा, टोल र समुदायका प्रतिनिधि व्यक्तिहरूको सहभागिता रहेको छ । जसले दीपकराज जोशीको राजनीतिक प्रतिबद्धता, विकासप्रतिको दृष्टि र जोशी परिवारको तनहुँप्रतिको योगदानलाई जनतासम्म पु¥याउने लक्ष्य लिएको छ ।

स्थानीय नेतृत्व, समर्थक तथा शुभेच्छुकहरूको सक्रिय सहभागितासँगै यो समिति गठन भएपछि क्षेत्र नम्बर १ मा जोशी समूहको चुनावी अभियानले थप गति लिने विश्वास गरिएको छ । यसपालि तनहुँ क्षेत्र नम्बर १ का मतदाताले परिवर्तनको पक्षमा उभिँदै दीपकराज जोशीलाई प्रतिनिधिसभामा जिताउने दृढ संकेत दिएका छन् ।
घर–घरमा पुग्दै जनताको कुरा सुन्ने, समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्ध रहने राजनीतिक शैलीले उनीप्रति सकारात्मक वातावरण बनाएको जोशीले बताए । जोशी परिवारको तनहुँप्रतिको योगदान, गोविन्दराज जोशीले जिल्लाका लागि गरेको संघर्ष र सेवाको स्मृतिले पनि मतदातालाई भावनात्मक रूपमा जोडेको छ ।












