म्याग्देमा सन्चालित आलु उत्पादन कार्यक्रमको अनुगमन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

म्याग्दे गाउँपालिकाको टिमले गाउँपालिकाको अनुदानमा सन्चालित आलु उत्पादन कार्यक्रमको अनुगमन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वको टिमले आइतबार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा म्याग्दे साना किसान सहकारी संस्था, सजिलो बचत तथा ऋण सहकारी संस्था र बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सन्चालित आलु उत्पादन कार्यक्रमको अनुगमन गरेको हो । अनुगमन टिममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी सहित कर्मचारीहरुको सभागिता रहेको थियो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा तिन वटा सहकारी संस्था मार्फत १६ रोपनी क्षेत्रफलमा आलु उत्पादन कार्यक्रम सन्चालन भईरहेको छ । म्याग्दे गाउँपालिकाको वडा नम्बर ६ र ७ आलु उत्पादनमा प्रख्यात छ । गाउँपालिकाले उत्पादित कृषि उपज संकलनकोलागि चिस्यान केन्द्र सन्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले