म्याग्देमा सन्चालित आलु उत्पादन कार्यक्रमको अनुगमन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

म्याग्दे गाउँपालिकाको टिमले गाउँपालिकाको अनुदानमा सन्चालित आलु उत्पादन कार्यक्रमको अनुगमन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वको टिमले आइतबार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा म्याग्दे साना किसान सहकारी संस्था, सजिलो बचत तथा ऋण सहकारी संस्था र बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सन्चालित आलु उत्पादन कार्यक्रमको अनुगमन गरेको हो । अनुगमन टिममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी सहित कर्मचारीहरुको सभागिता रहेको थियो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा तिन वटा सहकारी संस्था मार्फत १६ रोपनी क्षेत्रफलमा आलु उत्पादन कार्यक्रम सन्चालन भईरहेको छ । म्याग्दे गाउँपालिकाको वडा नम्बर ६ र ७ आलु उत्पादनमा प्रख्यात छ । गाउँपालिकाले उत्पादित कृषि उपज संकलनकोलागि चिस्यान केन्द्र सन्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय