शिक्षक र कर्मचारीलाई दल र उम्मेदवारको चुनावी प्रचारमा रोक

Devghat Online

शेयर गरौ

काठमाडौं । फागुन ११

निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दल र उम्मेदववारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन भनेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर, आचारसंहिता विपरित केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी आयोगमा पुगेको छ ।

त्यसपछि आयोगले विज्ञप्ति नै निकालेर शिक्षक र कर्मचारीलाई दल र उम्मेदवारको चुनावी प्रचारमा नजान भनेको हो । शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदवाट हटाइने व्यवस्था छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १० को खण्ड (क) मा बिद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसारमा संलग्न हुन नपाउने प्रावधान छ ।

यी सन्दर्भ उल्लेख गर्दै आयोगले भनेको छ, ‘शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता विपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ ।’ आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा कारबाही हुने आयोगको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल