धादिङ दुर्घटनामा मृत्यु हुने १९ मध्ये तनहुँका पाँच जना

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ११

सोमबार बिहान धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौंडा स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौं तर्फ आउदै गरेको गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटनाहुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका सबैको सोमबार साँझ सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु भएका मध्ये पाँच जना तनहुँ जिल्लाका रहेका छन् । उक्त दुर्घटनामा तनहुँ घर हुने व्यास नगरपालिका वडा नम्बर ४ बस्ने ४० बर्षिय ओम कुमार मल्ल रहेका छन् । मल्ल दुर्घटना भएको बसका मालिक हुन् । उनी आफ्नै बसमा काठमाडौं जान श्रीमती सहित दमौलीबाट थिए । दुर्घटनामा उनकी पत्नि घाइते भएकी छिन् । त्यसैगरि शुक्लागण्डकी नपा–७, मालेबगर बस्ने वर्ष ५५ की विष्णु माया ढकाल र सोही ठाउँका ६३ बर्षीय रुद्रप्रसाद ढकाल, शुक्लागन्डकी नपा २ की २० बर्षीया अर्चना पौडेल र भिमाद नपा–६ बस्ने वर्ष ५५ का हरि प्रसाद सिग्देल रहेको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा अन्यमा कास्की, पोखरा महानगरपालिका–३० बस्ने वर्ष ४० को बिबेक बस्तोला, स्याङ्जा, वालिङ नपा–१४ घर भई हाल काठमाण्डौं नागार्जुन नगरपालिका–६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर, धादिङ, साबिक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गापा–४ बस्ने वर्ष ३० को ईन्जिनियर ठकुरी, काठमाण्डौं मनपा–६ बौद्ध टुसाल बस्ने वर्ष ४२ को लोप्साङ गोले र पाल्पा, तानसेन नपा–२ बस्ने वर्ष ५५ को नबिन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरि पोखरा मनपा १४ की २१ बर्षीया अन्जली क्षेत्री, कास्की माछापुच्छ«े गापा ३ का रोहीत नेपाली, स्याङजा पुतलीबजार नपा ६ का ४५ बर्षीय घनश्याम सुवेदी, काठमाडौं ३२ बुद्धनगरकी ३३ बर्षीया अनीशा महर्जन, मोरङ उर्लाबारी १ की २७ बर्षीया हिरा चौधरी, पोखरा मनपा ११ कास्कीका १९ बर्षीय सुजित नेपाली र भारत उत्तरप्रदेशका ३२ बर्षीय मनिष शुक्ल रहेका छन् । यस्तै सो दुर्घटनामा एक जना ब्रिटिस नागरिक र एक जना चिनियाँ नागरिकको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा, १० जनाको नेशनल मेडिकल कलेज कलंकी काठमाडौंमा र एक जना बिदेशी नागरिकको टिचिङ अस्पताल मलेखुमा उपचार भईरहेको छ ।

घाइते हुने मध्ये तनहुँका पाँच जना रहेका छन् । शुक्लागन्डकी नपा–४ का ४५ बर्षिय सोमप्रसाद मल्ल, सोही ठाउँका १८ बर्षिय सुविन मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ बर्षिय मानबहादुर थापा, व्यास नपा ५ की ३८ बर्षिया सुकमाया श्रेष्ठ र शुक्लागन्डकी नपा १२ की १९ बर्षिय सदिक्षा हमाल रहेका छन् । घाइते मध्ये सुविनको नेशनल मेडिकल कलेज कलंकी र अन्यको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

सडकबाट अन्दाजी दुई सय मिटर तल त्रिशुली नदिको किनारमा बस खसेर दुर्घटना भएको थियो । दुर्घटना स्थलमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, बेनिघाट लगायतका प्रहरी इकाईहरु, नेपाली सेनाको भैरव गण गजुरी तथा सशस्त्र प्रहरी बल नेपालको बिपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर सहितको उद्दार टोली र स्थानियहरु समेतको सहकार्यमा तत्काल घटनास्थलबाट उक्त सवारी दुर्घटनाका विभिन्न स्वास्थ्य अवस्थाका घाईतेहरूको उद्दार गरी उपचारको लागी मलेखु स्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङवेशी लगायतमा उपचारको लागि पठाईएकोमा थप उपचारको लागि गम्भिर घाईतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौं र नेशनल मेडिकल कलेज कलंकी काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ । उक्त बसमा चालक सहित ४४ जना यात्रु सवार रहेका थिए ।

यसैविच दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । सोमबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघ लगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय