तनहुँमा निर्वाचन सम्पन्न नभएसम्म मदिरा विक्री–वितरण र सेवन निषेध गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १४

तनहुँ जिल्लाभर शुक्रबार निर्वाचन सम्पन्न नभएसम्म मदिराको विक्री–वितरण र सेवनलाई पुर्ण रुपमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले विहिबार सुचना प्रकाशन गरि फागुन १५ गतेदेखी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न नहुँदासम्म मदिराको विक्री–वितरण र सेवनलाई निषेध गरिएको जनाएको छ ।

यही २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि तनहुँ जिल्लाभर मदिराको विक्री, वितरण र सेवनलाई पुर्णरुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीद्वारा जारी सुचनामा जनाईएको छ ।

उक्त आदेशको उल्लंघन गरी मदिरा विक्री वितरण वा सेवन गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रजिअ तिवारीले बताए । साथै, सुरक्षा निकायहरुबाट यसको कडाईका साथ अनुगमन गरिने पनि सुचनामा जनाईएको छ ।

निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राखका लागि चालिएको यस कदममा जिल्लामा अवस्थित सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज सर्वसाधारणवाट पूर्ण सहयोगको अपेक्षा गरिएको प्रजिअ तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता