नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समिति सदस्यमा नवीन पौडेल मनोनित

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १४

पत्रकार नवीन पौडेललाई नेपाली काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पार्टीले पौडेललाई यो जिम्मेवारी सुम्पिएको हो ।

पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित पत्रमा पौडेललाई समितिको सदस्यका रूपमा मनोनयन गरिएको जानकारी दिइएको छ ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन र पार्टीको समानुपातिक मत वृद्धि गर्न प्रचार–प्रसार कार्यक्रमलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यले उनलाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

पार्टीले पौडेलको सक्रिय भूमिकाबाट निर्वाचन प्रचार–प्रसार कार्य परिणाममुखी हुने विश्वास व्यक्त गरेको छ । उनी नविन खबरका प्रकाशक हुन् । साथै उहाँ सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय सदस्य हुन् । व्यास नगरपालिका–८ रिस्तीमा जन्मनु भएका पौडेल लामो समयदेखि तनहुँमा राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू