
विवेक वाग्ले
शुक्लागन्डकी नपा–४, तनहुँ
तनहुँ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार केदार सिग्देलको घर भिमाद वडा नम्बर १ बोमा गाँउमै छ । एकपटक प्रतिनिधि सभाको संसद भइसक्नुभएका केदार सिग्देलको न शहरमा आलिसानको घर न घडेरी न त गाडी घोडा नै छ । केदार सिग्देल राजनीतिमा रहेर पनि सम्पत्ति होइन, इमान कमाउने नेता हुनुहुन्छ । हाम्रो यही तनहुँ २ को माटोमा खेलेको हुर्केको र अझै पनि यही माटोमा रमाउने व्यक्ति हुनुहुन्छ ।



जसले सुरौदीको शीरदेखि कालीगण्डकी तिरसम्म पैदलै नापेको छ । गाउँवस्तीका सुखदुख, जनताका अपेक्षा हृदयले छामेको छ । जसले शहरको सुखसयल महल रोजेनन्, जनताको दुखको मल्हम खोजे,इमान र निष्ठामा कहिल्यै नचुक्ने, राष्ट्रियताको सवालमा नझुक्ने, सरलता र सादगीपनको पर्याय ।
यही इमानदारी, यही सरलता र यही समर्पण नै उहाँको सबैभन्दा ठूलो सम्पत्ति हो । जेन्जीहरूका आन्दोलन सरकार परिवर्तनको लागि थिएन, जेन्जीहरूको त पहिलो एजेण्डा भनेको नै भ्रष्टाचार मुक्त नेपाल थियो । त्यसैले भ्रष्टाचार मुक्त राष्ट्र र सुशासनका निमित्त उहाँ बाहेक अरु उपयुक्त प्रतिनिधि कोही हुनै सक्दैन तनहुँ क्षेत्र नम्बर २ को लागि ।
अनि साथीहरूको कुरा आयो बौद्धिकताको, बौद्धिक भनेको नामको अगाडि डाक्टर र इन्जिनियर लेख्ने मात्र हुन् ? आफ्नो बाबुको थाक थलोमा किसानी गर्दै राजनीति शास्त्रमा एम.ए. र कानुन विषयमा बि.एल उत्तिर्ण गरेको गाउँगाउँमा सडक, बत्ती, सञ्चार, स्वास्थ्यको व्यवस्था गर्न दिनरात नभनी जीवनभरि राजनीतिमा होमिएर आर्थिक रूपमा विपन्न अहिले पनि उही थाक थलोमा कृषि कर्ममै लागरहेको र भोलि जिते पनि हारे पनि यही भूगोलमा बसेर उही कर्म गर्ने चाहिँ कसरी विकास तथा सुशासन पक्षधर नहुने हुन्छ ?
त्यसैले हामीलाई कस्तो नेता चाहिएको सोच्नु होला, एकछिन जनताको अगाडि छारो हाल्नलाई फोनमा चर्काचर्का कुरा गर्ने चाहिएको हो कि साँच्चिकै यही भूगोल चिनेको जसले यही माटोमा हुर्केको, जो तनहुँ क्षेत्र नम्बर २ को हरेक वडा हरेक गाउँ हरेक बस्तीमा पुगेको छ, आफ्नो भूगोलको राम्रो जानकारी छ, पदमा होस् या नहोस् सदा तपाईं हाम्रै माझमा यसै क्षेत्रको विकासका लागि हरदम खटिरहनुहुन्छ, यहीँको विकासका लागि आफ्नो जीवन समर्पित गरेको, आफ्नो स्वार्थ भन्दा माथि जहिले आफ्नो गाउँ आफ्नो क्षेत्र राख्ने नेता चाहिएको एकछिन मनन गर्नुहोस् र भ्रममा होइन वास्तविकतामा जाऔँ ।
देश जिताउन इमानदार नेतृत्व चाहिन्छ । अब निर्णय हाम्रो हातमा छ । सुशासन र इमानदारिताका पर्याय सूर्य ध्वजावाहक उम्मेदवार केदार सिग्देलको पक्षमा तपाईंको अमुल्य मतको सबिनय अनुरोध गर्दछौं । आफ्नो आफ्नो अमूल्य मत दिएर सादगी नेता केदार सिग्देललाई विजय गराउनुहोस् ।
देश जिताउन इमानदार नेतृत्व चाहिन्छ । अब निर्णय हाम्रो हातमा छ ।











