तनहुँ । बैशाख ९
पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको वैदिक उपाय स्वरुप पुरोहितहरुको उपस्थितीमा सामुहिक स्वस्ती शान्ती गरिने भएको छ ।



श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवधामको आयोजनामा बैशाख ११ गते शुक्रबार बिहान ७.३० बजे शुक्लागण्डकी नपा–२ गाछेपानी स्थित सिंगा आयल स्टोर्स अगाडी उक्त स्वस्ती शान्तीको कार्यक्रम गरिने भएको हो ।
उक्त कार्यक्रममा महामृत्युन्जय मन्त्र, जप र हवन/शान्तिकाध्याय पाठ तथा गजेन्द्रमोक्ष समेत हुने भएको छ । उक्त कार्यक्रममा नगरपालिका भित्रका पुरोहित एवं सर्वसाधरणमा अनुरोध गरिएको छ ।
पृथ्वीराजमार्गको शुक्लागण्डकी–२ स्थित दुलेगौंडा–कोत्रे खण्डको गाछेपानीमा गत चैत २८ गते शनिवार बा ग च ७३६५ नम्बरको पिकअप भ्यानले विपरित दिसातर्फ जादै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पाँचथर जिल्ला घरभई गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पुजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेलको मृत्यु भएको थियो । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पुजारीको रुपमा कार्यरत थिए । पिकअप भेन चालकले नियन्त्रण गुमाई सडक बिचको डिभाईडर क्रस गरी बिपरित दिशाबाट जाँदै गरेकाको स्कुटरलाई ठक्कर दिएको थियो ।












