तनहुँ । बैशाख १२
घिरिङ गाउँपालिका, नेपाल नेत्रहिन संघ लमजुङ, समावेशी विकासका लागि कार्य र भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा घिरिङ गाउँपालिकाको वडा नम्बर १ बैडी स्थित दिपक माविको प्राङ्गणमा शनिबार आँखा जाँच शिविर सम्पन्न भएको छ ।




उक्त शिविरमा १७४ जनाको आँखा परिक्षण गरिएको थियो । सो मध्ये १२ जनामा मोतीबिन्दु देखिएको छ । मोतियाबिन्दु भएका विरामीको बैशाख १५ र १६ गते घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा निशुल्क सल्यक्रिया गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

गत बैशाख ९ गतेदेखी आयोजित उक्त आँखा जाँच शिविर शनिबार वडा नम्बर १ को बैडीमा आयोजना गरिएको हो । यसअघि वडा नम्बर ५ को ध्यानुङ देउरालीमा, वडा नम्बर ४ को फुला आधारभुत स्वास्थ्यसेवा केन्द्रमा, गड्यौलीटार सामुदायिक स्वास्थ्य इकाईमा र वडा नम्बर १ को कृष्ण मावि पुट्टारमा आँखा परिक्षण शिविर सम्पन्न भईसकेको छ भने बैशाख १३ गते आइतबार वडा नम्बर २ को गजरकोट स्वास्थ्य चौकीमा, १४ गते वडा नम्बर २ को राष्ट्रिय मावि घिरिङ देउरालीमा र बैशाख १५ र १६ गते वडा नम्बर ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा बिहान १० बजेबाट आँखा परिक्षण र मोतियाबिन्दुको सल्यक्रिया हुने स्वास्थ्य शाखा प्रमुख रिमालले जानकारी दिए ।












