घिरिङ गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ९५० लाभान्वित, ६९ जनाको शल्यक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १७

घिरिङ गाउँपालिका, नेपाल नेत्रहिन संघ लमजुङ, समावेशी विकासका लागि कार्य र भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा घिरिङ गाउँपालिकाको पाँच वटै वडामा सम्पन्न भएको निशुल्क आँखा परिक्षण शिविरमा ९५० जना लाभान्वित भएका छन् ।

उक्त शिविर गत बैशाख ८ गतेदेखी सुरु भएको थियो । पाँच वटै वडाका आठ स्थानमा भएको शिविरमा ९५० जना गाउँपालिकाबासीले सेवा लिएका छन् । त्यसमध्ये मोतीबिन्दुका विरामी मध्ये ६९ जनाको बुधबार शल्यक्रिया गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।

जस अनुसार वडा नम्बर १ मा ३८२ जना, वडा नम्बर २ मा २ सय जना, वडा नम्बर ३ मा १२९ जना, वडा नम्बर ४ मा १३६ जना र वडा नम्बर ५ मा १०३ जनाको आँखा परिक्षण गरिएको र १३२ जनाको मोतीबीन्दुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रिमालले बताए । उक्त शिविरमा आँखाको जाँच सहित निशुल्क वितरण तथा निशुल्क सल्यक्रिया गरिएको थियो ।

बुधबार घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया एवं शिविर समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले शिविर सफल पार्न खट्नुहुने गाउँपालिकाका स्वास्थ्यकर्मी तथा नेपाल नेत्रहिन संघ लमजुङ तथा भरतपुर आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा