रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १७

रोल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई भीरबाट खसेको हो ।

दुर्घटनामा परेकामध्ये सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या २० पुगेको हो ।

दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ । प्रहरीका अनुसार अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ भने घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा