म्याग्देमा सहकारी संस्थालाई अभिमुखीकरण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २४

म्याग्दे गाउँपालिकामा कार्यरत सहकारी संस्थाका सन्चालकहरुलाई अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको छ । आफ्नो स्थानीय क्षेत्रमा आर्थिक कारोबारमा सक्रिय रहेका सहकारी संस्थाहरुलाई सहकारीको नीति तथा राज्यको कानून बमोजिम अपडेट गराउनुका साथै प्रभावकारी सेवा प्रवाह हुने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

सहकारी संस्थाहरुले राज्यको नीति तथा स्थानीय सरकारको सहकारी सम्बन्धि ऐन, कानुनको कार्यान्वयन गरि संस्था सन्चालन गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

दुई दिने उक्त अभिमुखीकरण कार्यक्रममा म्याग्दे गाउँपालिकामा सन्चालित २६ वटा सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी छन् । सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले प्रशिक्षण दिएका छन् । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे तथा वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण