तनहुँ । बैशाख २९
आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा अबैध लागु औषध फेला परेको छ ।



आँबुखैरेनी–२ खानीखोला स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको बा.६२ प.७१०६ नम्बरको मोटरसाईकल चालक आँफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनापछि मोटरसाईकल चालक गोरखा जिल्ला गोरखा नपा–१३ तिनकिलो बस्ने बर्ष २५ को अर्जुन आलेले लागु औषध सेवन गरेको जस्तो देखिएकोले उनलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ट्रामाडोल–१९ क्यापसुल फेला परेको प्रहरीले जनाएको छ ।
अबैध लागुऔषध फेला परेपछि मोटरसाईकल र चालक आलेलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाईकल चालकलाई कुनै चोटपटक नभएको तथा अस्पताल जानु नपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।











