तनहुँ । बैशाख २९
सोमबार राती सार्वजनिक भएको यसवर्षको एसईई परिक्षाको नतिजा अनुसार तनहुँ जिल्लाका ६५ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । तनहुँका चार हजार नौ सय ४० विद्यार्थी मध्ये तिन हजार दुई सय ४८ विद्यार्थी उत्तिर्ण भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ३४.२५ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् ।



इकाईका अनुसार ८ जना विद्यार्थीले ४ जिपिए, ३३१ विद्यार्थीले ३.६–४ जिपिए, ८६७ विद्यार्थीले ३.२–३.६ जिपिए, १२८६ विद्यार्थीले २.८–३.२ जिपिए, ७२१ विद्यार्थीले २.४–२.८ जिपिए तथा ४४ विद्यार्थीले २.०–२.४ जिपिए प्राप्त गरेका छन् ।

चार जिपिए प्राप्त गर्ने विद्यार्थीमा व्यास नपा २ दमौली स्थित सत्यवती माविका चार जना रहेका छन् । सत्यवतीका विधान सिग्देल, डेविड दरै, सुभम थापा, सुयोग श्रेष्ठले चार जिपिए ल्याएका छन् । त्यस्तै व्यास २ को व्यास दिव्यज्योती बोर्डिङ स्कुलका जेनिश श्रेष्ठले चार जिपिए प्राप्त गरेका छन् ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका स्थित अरनिको बोर्डिङका सुगम पोख्रेल र ज्ञान बगैंचा बोर्डिङकी प्रमिशा पौडेलले चार जिपिए ल्याएकी छिन् । त्यसैगरि देवघाट स्थित महेश संस्कृत गुरुकुलका सुजित रेग्मीले चार जिपिए ल्याएका छन् ।











