म्याग्दे गाउँपालिककाले उत्पादनको प्रर्दशनी गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३०

म्याग्दे गाउँपालिकामा कृषक तथा उद्यमिले उत्पादन गरेका सामनको बजारीकरण गर्न प्रर्दशनी आयोजना हुने भएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा, म्याग्दे गाउँपालिकाको आयोजना र बृद्धिमुखि संस्थाको सहकार्यमा उद्यमी तथा कृषकले उत्पादन गरेका सामानको बजारीकरण गर्नका लागि प्रर्दशनि आयोजना गर्न लागिएको हो ।

कृषकले स्थानिय स्तरमा उत्पादन गरेका तरकारी, फलफुल, लोकल कुखुरा, केरा, स्थानिय रैथाने जातका सामानहरु, वोका, खसि तथा स्थानिय महिलाले सिपमुलक तालिमवाट उत्पादन गरेका विभिन्न सामानहरु प्रर्दशनीमा राख्ने छन् । महिलाहरुले सिपमार्फत सिककेको सिपलाई अधिकतम रुपमा प्रयोग गर्ने र उत्पादन भएका सामानलाई एउटै छातामुनि प्रर्दशन गरि आम्दानि गर्ने स्रोतको रुपमा यस प्रर्दशनिलाई लिईएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए ।

गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत वडा नम्बर १ मा सिप सिकेका महिलाले उत्पादित सामानको विक्रि वितरण र सिपको समेत प्रर्दशन हुने गरी तयारी भएको शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

उत्पादनको प्रदर्शनी म्याग्दे गाउँपालिकाको वडा नम्बर १ स्थित गुणादिको वाराहि महिला शहकारीको भवनमा जेठ १ गते, जामुने शहकारीको भवन अगाडी जेठ २ गते, म्याग्दे ३ को धयरे बजारमा जेठ ५ गते, वडा नम्बर ४ को जनसेवा शहकारी भवनको थर्पु बजारमा जेठ ६ गते प्रर्दशनी आयोजना हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ५ को थाङदी बजारमा जेठ ७ गते, वडा नम्बर ६ को अकला मन्दिरमा जेठ ९ गते र वडा नम्बर ७ को वडा कार्यालयमा जेठ ११ गते उत्पादित सामानको प्रर्दशनी आयोजना हुने भएको छ । गाउँपालिकाको ७ वटै वडामा आयोजना गरिएको यस्तो प्रर्दशनिले कृषक तथा उत्पादन गर्ने उद्यमीमा उत्साह बढ्ने र प्रभावकारी हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।

बृद्धिमुखि उत्पादन तथा रोजगारी प्रवद्र्धनका लागि गाउँपालिकामा छनौट भएका १५ जना उद्यमी र अन्य गाउँपालिकामा व्यवसाय गरेका कृषि, पशु तथा अन्य उद्यमी प्रर्दशनिमा सहभागिता जनाउने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।
प्रदर्शनीमा पालिका भित्रका सामुदायिक होमस्टे, उद्यमी तथा कृषकले स्टल राखि सामान विक्रि वितरण गर्ने छन् । क्रेता र विक्रेता विचमा उत्पादन भएका सामानले बजार पाउने अपेक्षा गाउँपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा