बन्दीपुर–१ मा कपडा बैंक सन्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३०

बन्दीपुर गाउँपालिका–१ मा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । उक्त कपडा बैंकको मंगलबार बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले शुभारम्भ गरे । क्लोथ एन्ड फुड बैंक नेपाल सँगको सहकार्यमा सुरु गरिएको सो कार्यक्रम अन्तर्गत सोमबार कपडा बैंक उद्घाटन कार्यक्रमको अवसरमा ४४२ जना चेपाङ समुदाय तथा विपन्न परिवारलाई कपडा वितरण गरिएको थियो ।

वडा नम्बर १ को कार्यालय परिसरमा स्थापना गरिएको कपडा बैंकमा प्रयोगमा नआएका कपडा र झोला संकलन गरिनेछ । संकलित सामग्रीलाई रिसाइकल गरी पुनः प्रयोगयोग्य बनाएर आवश्यक पर्ने व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । साथै, बैंकले विपन्न समुदायसम्म घरघरमै पुगेर कपडा वितरण अभियान पनि सञ्चालन गरिरहेको छ ।

शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताए । वडाध्यक्ष शिव कुमार श्रेष्ठले स्थानीयवासीलाई प्रयोगमा नआएका कपडा बैंकमा जम्मा गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता